पाल्पा,१३ माघ ।
कर्मचारीमा कोरोना संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालय पाल्पाले अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले बिहिबार एक सूचना जारी गरी भोली माघ १४ गते शुक्रबारदेखि माघ २१ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरिएको जनाएको हो ।

नागरिकता फाँटमा कार्यरत तीन जना कर्मचारीहरुमा कोभिड–१९संग मिल्दो जुल्दो लक्षण देखिएकोले शान्ति सुरक्षा,मुद्धा,बिपत तथा महामारीजन्य संकट ब्यबस्थापनका आवश्यक कार्य बाहेक सबै सेवाहरु स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तद्धारा हस्ताक्षरित सूचनामा जनाइएको छ ।