बाँके,१२ माघ । बाँकेमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना बर्दिया र एक जना कालिकोटका रहेका छन् । उनिहरूकाे बाँकेको नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
बर्दियाबाट गत माघ १० गते भेरी अस्पतालमा भर्ना भएका ७१ वर्षिय पुरुषको गयराती ११ः३० बजे मृत्यु भएको छ भने माघ ५ गतेबाट उपचाररत शुभकालिका ५ कालिकोटका १६ वर्षिय किशोरको आज बिहान ११ः१५ बजे मृत्यु भएको बाँकेका कोरोना फोकलपर्शन तेज वलीले जानकारी दिए ।
वलीकका अनुसार कालिकोटका गजेन्द्र बाहेरा बाख्रा चराउन गएका बेला भिरबाट खसेर घाइते भएको र थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुर ल्याइएकोमा कोरोना पुष्टि भएपछि माघ ५ गतेबाट भेरी अस्पतालमा उपचार भैरहेको थियो ।
यससँगै बाँकेमा उपचारका लागि बाहिरी जिल्लाबाट आएका ४३९ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएकाे छ ।






