बाँके,११ माघ । बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका-२ की ७० वर्षीया महिला रहेकी छन् ।
उनको भेरी अस्पतालमा उपचारका क्रममा आज बिहान ७ बजेर ५० मिनेटमा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

माघ ८ गते नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा गरिएको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि ती महिलालाई भोलिपल्ट भेरी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

यससँगै बाँके जिल्लाका काेराेना संक्रमित मृतकको संख्या ३४६ पुगेको छ ।