पाल्पा,८ माघ । पाल्पा जिल्लामा शनिबार थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।

पछिल्लो २४ घण्टामा पाल्पामा ५१ जनाको पीसीआर परीक्षण गर्दा ३० जना र ४९ परीक्षण गर्दा ३४ जना गरि ६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा पाल्पाका १७ जना काेराेना संक्रमित निकाे भएका छन् । जिल्लामा हालसम्म १० हजार ५४२ जना काेराेना संक्रमित निकाे भएका छन भने २५७ जना संक्रमितको मृत्यु भइसकेको । जसमध्ये ८४ जना महिला र १७३ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
पाल्पा जिल्लामा हाल ३३८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ३३३ जना होम आइसोलेसनमा रहेका छन् भने ५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।