बुटवल,२२ असाेज । रुपन्देही उद्योग संघका सबै पदाधिकारी तथा सदस्य निर्विरोध भएका छन् ।
निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी फिर्ता लिने समय असाेज २२ गते १ बजे सम्म महासचिव पदका दावेदार माया खनाल र सचिव पदका दावेदार यमलाल भटराईले उम्मेदवारी फिर्ता लिएपछि संघको नयाँ नेतृत्व निर्विरोध भएको हो।
संघको महासचिव र सचिव बाहेकका सबै पदहरुमा यस अघि नै निर्विरोध भएपनि दुई पदमा दुई दुई जनाको उम्मेदवारी परेकाे थियोे ।
महासचिव र सचिव पदका दुई उम्मेदवारले उम्मेदवारी फिर्ता लिएसँगै अब संघको महासचिव पदमा बर्तमान कार्यसमितीका कोषाध्यक्ष हरि खत्री र सचिव पदमा बर्तमान कार्यसमितीका सदस्य बसन्त ढकाल निर्विरोध भएका हुन् ।
यसअघि वर्तमान कार्यसमितीका वरिष्ठ उपाध्यक्ष माधव पौडेल अध्यक्ष पदमा निर्बिरोध भैसकेका छन्। निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्ष पदमा दिलिप सापकोटा, प्रथम उपाध्यक्ष पदमा कृष्ण प्रसाद पराजुली र द्धिप्तीय उपाध्यक्ष पदमा जिबकान्त काफ्ले र कोषाध्यक्ष पदमा हिरामणी भटराई निर्विरोध भएका छन् ।
त्यसैगरी महिला सचिव पदमा मन्जु भुसाल र सहकोषाध्यक्ष पदमा सुरेन्द्र ज्ञवालीको मात्र उम्मेदवारी परेको छ। यसका साथै आजिबन सदस्य तर्फ माधव नेपाल संस्थागत सदस्य तर्फ अशोक कुंवर, महिला सदस्यतर्फ सारदा भटराई र मिना थापा बुटवल औद्योगिक क्षेत्रबाट कमल ज्ञवालीको निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरी खुल्ला तर्फ रहेको ८ जना खुल्ला सदस्यहरुमा प्रेम आले,लाल प्रसाद बस्याल,राजु घिमिरे,बल बहादुर गोदार, चन्द्रकान्त खनाल, गोबिन्द भुसाल,लाल बहादुर थापा र नेत्र रुचाल निर्वाचित भएका छन्। भने बुटवल उपमहानगर पालिकाबाट लालहरी पाण्डे र जमुना पोखरेल तिलोत्तमा नगरपालिकाबाट बिशाल बेल्वासेले निर्विरोध निर्वाचित भएका छन्।
संघको ४३ औँ साधारणसभा तथा २२ औँ अधिवेशन नेकपा एमालेका उपमहासचिव एवं पुर्व उपप्रधानमन्त्री बिष्णु पौडेलले शनिबार उद्घाटन गर्ने कार्यक्रम रहेको छ।






