ऐतिहासिक जितगढी किल्लाकाे प्रचारप्रसार गर्ने उदेश्य
बुटवल,८ असार ।
हब आइटी बुटवलको आयोजना र बुटवल उपमहानगरपालिकाकाे सहयोगमा एआई कार्यशाला तथा एआई प्रतियोगिता सम्पन्न भएको छ ।

बुटवलको जितगढी किल्लामै आयोजित कार्यशालाकाे साेमबार बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले शुभारम्भ गरेका हुन् ।

साे अवसरमा नगर प्रमुख पाण्डेयले एआईकाे माध्यमबाट ऐतिहासिक तथा राष्ट्रिय महत्वकाे जितगढी किल्लाकाे प्रचारप्रसार होस् भन्ने उदेश्य ले विद्यार्थीहरूकाबीच एआई प्रतियोगिता आयोजना गरिएको भन्दै यसले जितगढी किल्लाकाे महत्व थप उजागर हुने विश्वास व्यक्त गरे ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेका कारण शिक्षा, स्वास्थ्य र आईटीमा बुटवल अब्बल बन्दै गएको भन्दै नगर प्रमुख पाण्डेयले अब एआई काे क्षेत्रमा पनि बजेट बिनियाेजन गर्ने योजना रहेको जानकारी गराए ।

हब आइटी बुटवलकी सञ्चालक एलिजा खनालकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रशिक्षक ऋषि अर्याल,हब आईटी बुटवलका प्रवन्ध निर्देशक हरी बन्जाडेलगायतले कार्यक्रमकाे उदेश्य र महत्त्व बारे आ आफ्नो भनाइ राखेका थिए ।

बुटवलका १३ विद्यालयबाट ६५ जना विद्यार्थीहरूकाे सहभागीता रहेको प्रतियोगितामा प्रथम हुने समूहले नगद २० हजार द्वितीय हुनेले १५ हजार र तृतीय हुनेले १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

खेलराज पाण्डेय ऐतिहासिक जितगढी किल्लाकाे प्रचारप्रसार गर्ने उदेश्यले जितगढीमै एआई कार्पशाला तथा प्रतियोगिता शिक्षा र स्वास्थ्यसँगै आइटीकाे क्षेत्रमा पनि बुटवललाई अब्बल बनाउन बुटवलको एक विद्यालयमा आइटी ल्याव स्थापना गर्ने योजना । यसअघि आइसिटी ल्याव स्थापना भइसकेको ।