बुटवल,८ असार ।
राेयल ग्रुप बुटवलको आयोजना र राेट्रयाक्ट क्लब बुटवलको सहकार्यमा बुटवलमा चिसो पानी,मही तथा बिस्कुट बितरण कार्यक्रम सम्पन्न भएको छ ।
केही दिनयता बुटवलसहित यस क्षेत्रमा गर्मी बढ्दै गएपछि यात्रुहरूलाई मध्यनजर गरि साेमबार बुटवलको राजमार्ग चाैराहमा चिसो पानी,महि र बिस्कुट बितरण गरिएको हो ।
गर्मी बढ्दै गएकाले यात्रुहरूको सुविधालाई मध्यनजर गरि चिसो पानी,महि तथा बिस्कुट बितरण गरिएको राेटरी क्लब अफ बुटवलका अध्यक्ष बाेनिन पियाले जानकारी गराए ।
बिगत लामो समयदेखि मानवीय सेवाका कार्य गर्दै आएको राेयल ग्रुप बुटवल,राेटरी क्लब अफ बुटवल र राेट्रायक्ट क्लब बुटवलले बटुवाहरूका लागि चिसो पानी,महि र बिस्कुट बितरण गरिएको भन्दै उनलेे अन्य संघ संस्थाहरूले पनि यस्ता कार्यक्रम गर्नुपर्नेमा जाेड दिए ।






