बुटवल,९ असोज । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आजदेखि गाउँ/नगर अधिवेशन सुरु भएको छ ।
पूर्व निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा आजदेखि गाउँ/नगर अधिवेशन हुन लागेको हो । वडा अधिवेशन सम्पन्न भएका ६४ जिल्लामा आजदेखि गाउँ/नगर अधिवेशन हुने नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

यसैबीच नेपाली कांग्रेस बुटवल उपमहानगर समितिका अधिवेशनमा सभापतिका लागि बर्तमान नगर सभापति खेलराज पाण्डे र रीता केसीको उम्मेदवारी दर्ता भएको छ ।
पालिका अधिवेशन अन्तर्गत बुटवलको सिद्वेश्वरी माविमा दिउँसो १.१५ बजेदेखि मतदान हुदैछ ।
बुटवलमा ५६९ सको क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी १३ जिल्लामा वडा अधिवेशन सुरु हुन सकेको छैन ।

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको शुक्रबार बसेको बैठकले क्रियाशील सदस्यताको बाँकी विवाद चाँडै टुङ्ग्याएर दशैँ अघिसम्म सबै जिल्लामा पालिकास्तरको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो । हिमाली जिल्लामा भने मौसमको प्रभावका कारण पूर्वनिर्धारित कार्यतालिकाअनुसार जिल्लाका सबै अधिवेशन सम्पन्न गर्ने कांग्रेसले निर्णय गरेको छ ।