बुटवल,३ भदौ ।
भैरहवाबाट सवारी दुर्घटनाका घाइते बोकेर काठमाडौंतर्फ जादै गरेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार, गजुरी गाउँपालिका–५ स्थित वडा कार्यालय छेउमा सुरक्षासहित हेलिकप्टर आकस्मिक अवतरण गरिएको हो ।
सो क्षेत्रको मौसममा खराबी भएपछि हेलिकप्टर आकस्मिक अवतरण गरिएको प्रहरीले जनाएको छ ।
हेलिकप्टरमा सवारी दुर्घटनाबाट घाइते भएका बिरामीलाई काठमाडौं ल्याइँदै थियो ।
मौसम सुधार भएपछि हेलिकप्टर पुन: काठमाडौंतर्फ नै पठाइने प्रहरीले जनाएको छ ।






