काठमाडौं,८ असोज ।
नेपालमा शुक्रबार थप १ हजार ४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर १० हजार ५ सय ७५ पीसीआर परीक्षण गर्दा १ हजार १०३ जना र ५ हजार ११५ एन्टिजेन परीक्षण गर्दा ३ सय ७३ गरी १ हजार ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८९ हजार ८७२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५५० जना कोरोना संक्रमित निको भएका छन् भने ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालमा हालसम्म ७ लाख ५८ हजार ५०४ जना कोरोना संक्रमित निको भएका छन् भने ११ हजार ८१ जना संक्रमितको मृत्यु भएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २० हजार २८७ जना रहेको छ । जसमध्ये १८ हजार ९६९ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ३१८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३४७ जना आईसीयू र १०५ जना भेन्टिलेटरमा उपचाररत् रहेका छन् ।

यस्तै १० वर्ष मुनिका ३४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज कुन जिल्लामा कतिजनामा संक्रमण ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा २५६, कास्कीमा ११७, ललितपुरमा ७३, सुनसरीमा ७२, मोरङमा ६२, चितवनमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै रुपन्देहीमा ३९, भक्तपुरमा ३५, बाँकेमा १६, स्याङजामा १५, काभ्रे, बर्दिया र कैलालीमा १४÷१४ जना, तनहुँमा १३, इलाममा १२, नुवाकोट र सुर्खेतमा ११÷११ जना तथा धादिङ, मकवानपुर र दाङमा १०÷१० जनामा कोरोना संक्रमण पुष्टि भएको भन्त्रालयले जनाएको छ ।