बुटवल,८ असोज ।
बुटवल देविनगर स्थित तिनाउ नदीमा फेला परेको शवको सनाखत भएको छ ।
शव बुटवल ४ आर्दशनगरका ८ बर्षिय सुजन सारुको भएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पंकज चुदालीले जानकारी दिए । पुन हिजो साझ ४ बजेदेखी परिवारको सम्पर्कभन्दा बाहिर रहेका थिए ।
पौडी खेल्न खोलामा जान्छु भन्दा परिवारले नजान भन्दै रोकेको र परिवारलाई छलेर पौडी खेल्न गएका पुन हिजै साझसम्म परिवारको सम्पर्कमा नआएपछि बालक हराएको भन्दै ईलाका प्रहरीमा जानकारी गराएका थिए ।
शुक्रबार विहानै बुटवल ११ बुद्धनगरको पुलभन्दा मुनि तिनाउँ नदीमा ढुंगामा अड्किरहेको अवस्थामा उनको शव फेला परेको थियो । शव फेला परेपछि उनकी आमाले शव सुजनकै भएको भनि सनाखत गरेको प्रहरीले जनाएको छ ।





