बुटवल,८ असाेज । बुटवल देविनगर स्थित तिनाउ नदीमा एक शव फेला परेको छ । अर्धनग्न अवस्थामा फेला परेको शब स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मदन कुँवरले शव फेला पारेको भन्ने सूचनाको आधारमा प्रहरी घटनास्थलमा पुग्दै गरेको जानकारी दिए। शवको पहिचान र घटनाको विषयमा अनुसन्धान गरिने उनले जानकारी दिए।

नदि किनारमा वेवारीसे शव फेला परेपछि घटनास्थलमा स्थानीयकाे भिड लागेकाे छ । शव अन्यत्रबाट नदिमा बगेर आएको हुनसक्ने बताइएको छ ।