काठमाण्डाै,८ असाेज । अबको केही दिन मनसुन निस्क्रिय रहने मौसमविद्ले बताएका छन् । मनसुन बाहिरिने संकेत देखिएकाले अबको केही दिन ठूलो पानी पर्ने वा लगातार झरी पर्ने सम्भावना नभएको मौसमविद् वरुण पौडेलले जानकारी दिए ।
आज भने पश्चिम तराईका केही ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको उनलेे बताए । काठमाण्डौसहित देशका अरु ठाउँमा भने सामान्यतया मौसम सफा नै रहने माैसम विज्ञान विभागले जनाएको छ ।
राति पश्चिम तराईका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । अरु ठाउँको मौसम भने सामान्य बद्ली मात्र भएर कतैकतै फाट्टफुट्ट पानी पर्ने सम्भावना छ ।






