बुटवल,७ असाेज ।
रूपन्देहीको तिलोत्तमामा नेपाली कांग्रेसको नगर अधिवेशनमा बर्तमान नगर सभापति हरिलाल पाण्डेकाे नेतृत्वमा उम्मेदवारी घाेषणा भएको छ ।
पाण्डेले बिहीबार रूपन्देहीको मणिग्राममा त्रकार सम्मेलन गरि उमेदवारी घोषणा गरेका हुन् ।

उनी नेतृत्वकाे प्यानलमा उप-सभापतिमा कल्याण पौडेल र माया चौधरी, सचिवमा हुमलाल पौडेल र प्रदिप थापा, सह-सचिवमा रमेश पराजुली र दिपक थापा रहेका छन् ।

उमेदवारी घोषणा गर्दै उनले नेपाली कांग्रेसको विधान अनुसार हरेक वडामा गठन गरिएको टोल समितिलाई गतिशील र चलायमान बनाउन रचनात्मक कार्यक्रम ल्याउने बताए।

उनले नगरस्तरका पार्टीका भातृ भगिनी संगठन तथा शुभेच्छुक संस्थाहरुलाई उर्जाशिल बनाउने बताए ।

वडा कार्यसमितिलाई परिचालन गरि हरेक वडामा कम्तिमा ६/६ महिनामा क्रियाशिल भेला गराइने छ र सदस्यहरुका चाहना अनुसारको पार्टीको गतिशिलतामा अगाडि बढाउने उनको प्रतिवद्वता छ ।

उनले नगरका कार्यक्रमहरु वार्षिक क्यालेण्डर बनाई सोही अनुरुप कार्यक्रम सञ्चालन गर्ने बताए ।

कार्यक्रममा कांग्रेस रूपन्देही सभापति अब्दुल रज्जाकले तिलोत्तमामा कांग्रेसको नेतृत्व ल्याउन पाण्डेको नेतृत्व सक्षम हुने विश्वास व्यक्त गरे ।

तिलोत्तमामा नारायण न्यौपानेले पनि नेतृत्वमा दाबी गरेका छन्।