बुटवल,७ असाेज । नेपाली कांग्रेसको पालिका अधिवेशनकाे मिति नजिकिँदै जादा सभा तथा पदाधिकारीका आकांक्षीहरूले उम्मेदवारी घाेषणा गर्न थालेका छन् ।
यसैक्रममा रूपन्देहीको बुटवल उपमहानगरपालिका नेपाली काग्रेसका बर्तमान नगर सभापति खेलराज पाण्डेको नेतृत्वमा प्यानल घोषणा भएको छ ।
पाण्डे नेतृत्वकाे प्यानलकाे उपसभापतिमा ज्योति भण्डारी र हितमान पुन,सचिवमा छायाँ पोखरेल र गंगा पन्थी, सहसचिवमा देवलाल अर्घाली र पुरूषोत्तम खनाल रहेका छन्।
बिहीबार बेलुका एक कार्यक्रमकाबीच पाण्डे नेतृत्वको प्यानलले उम्मेदवारी घाेषणा गरेको हो ।
त्यस्तै बुटवल उपमहानगरपालिकाकै लागि रिता केसीको नेतृत्वमा अर्को प्यानल घाेषणा भएको छ ।
उनको प्यानल बाट उपसभापतिमा नरबहादुर रजाली र हरिलाल सुनार,सचिवमा जयप्रकाश भट्टराई र सन्तोष पौडेल, सहसचिवमा सुदन बास्कोटा र गणेश घिमिरेले उम्मेद्वारी घोषणा गरेका छन् ।
दुबै समुहले सहमतिको प्रयास सफल नभएपछि आ आफ्नो प्यानल खडा गरेर उम्मेदवारी घाेषणा गर्नुपरेको बताएका छन् ।
उम्मेदवारी घाेषणा गर्दै सभापति पाण्डेले सकेसम्म सहमतिै नेतृत्व चयन गर्ने प्रयास भए पनि सफल नभएपछि आफ्नो नेतृत्वमा उम्मेदवारी घाेषणा गर्नुपरेको भन्दै अझै पनि अन्तिम समयसम्म सहमतिको प्रयास जारी राख्ने बताए ।
उता सभापतिका अर्का उम्मेदवार केसीले अग्रजलाई सम्मान र भातृ संगठनहरुलाई प्रोत्साहन गर्ने उदेश्यले आफ्नो नेतृत्वमा प्यानल खडा गरेको बताइन् ।
नेपाली कांग्रेसको १४अौ महाधिवेशन अन्तरगत यही असाेज ९ गते पालिका अधिवेशन हुदै छ ।






