बुटवल,६ असोज ।
रुपन्देही जिल्लामा बुधबार थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १०९ जनाको कोरोना परीक्षण गर्दा २५ जनामा कोरोना संक्रमण पुष्टि भएकोे स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा तिलोत्तमा नगरपालिकाका ९ जना,बुटवल उपमहानगरपालिकाका ७ जना, ,सैनामैना नगरपालिकाका ३ जना, सिद्धार्थनगर नगरपालिकाका २ जना, देवदह नगरपालिका,सुद्धोदन गाउपालिका, सियारी गाउपालिका र ओमसतिया गाउपालिकाका १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै रुपन्देही जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३१ हजार ५१७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लाका १५ जना संक्रमित निको भएका छन भने एक जनाको मृत्यु भएको छ ।
जिल्लामा हालसम्म ३० हजार ५८८ जना कोरोना संक्रमित निको भएका छन् ।

हालसम्म रुपन्देही जिल्लाका ५३३ जना कोरोना संक्रमितको मृत्यु भएकोे छ । हाल जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या ४१७ रहेको छ ।
सकृय संक्रमित मध्ये ३९२ जना होम आइसोलेशनमा रहेका छन भने बाँकी संस्थागत आइसोलेशनमा रहेका छन् ।