बुटवल,६ असाेज । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीमाथि आक्रमण गर्ने युवा बिरूद्व सार्वजनिक मुद्दा दर्ता भएको छ । सुवेदीलाई मुक्का प्रहार गर्ने स्थानीय गणेश पंगेनी बिरूद्व सार्वजनिक मुद्दा दर्ता गरिएको हो ।
बुटवल–३ ज्योतिनगरको पहिरो अवलोकन गर्ने क्रममा
सोमबार बिहान सुवेदीलाई पंगेनीले मुक्का प्रहार गरेका थिए ।
उनलाई सोही दिन साँझ प्रहरीले पक्राउ गरेको थियो ।

सुवेदीमाथि हातपात गर्ने पंगेनीलाई सार्वजनिक मुद्दा अन्तर्गत थप अनुसन्धानका लागि ५ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख मनोज केसीले जानकारी दिए । सुवेदीले आफूमाथि आक्रमण गर्ने युवालाई कुनै पनि मुद्दा नचलाउन र हिरासतमा नराख्न प्रहरीलाई आग्रह गरेको समाचार बाहिर आएपनि प्रहरीले भने सुवेदीले त्यस्तो कुनै आग्रह नगरेको जनाएको छ ।
मेयरमाथि मुक्का प्रहार गर्ने पंगेनी एमाले कार्यकर्ता हुन् । उनी एमाले निकट अनेरास्वियू रुपन्देहीको जिल्ला कमिटी सदस्यको जिम्मेवारीमा रहेका छन् ।