बुटवल,६ असाेज ।
नेपालमा बुधबार थप १ हजार ४७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर १३ हजार ९३० जनाको काेराेना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार २५१ र एन्टिजेन विधिबाट २२७ जना गरि १ हजार ४७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ६३० जना काेराेना संक्रमित निको भएका छन् भने थप ६ जनाको मृत्यु भएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २१ हजार १३९ जना रहेका छन् । जसमध्ये १९ हजार ८०५ जना होम आइसोलेसनमा, १ हजार ३३४ जना संस्थागत आइसोलेसनमा, ३३४ जना आईसीयूमा र ११९ जना भेन्टिलेटरमा रहेका छन् ।