बुटवल,६ असोज ।
बुटवलमा एक महिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ ।
लुम्बिनी बस टर्मिनलद्धारा बुटवलकको नयाँ बसपार्कमा आयोजित निःशुल्क स्वास्थ्य शिविरको बुधबार
एक कार्यक्रमका बिच लुम्बिनी प्रदेशका उद्योग , वाणिज्य तथा आपुर्ति मन्त्री अजय शाहीले उद्घाटन गरे ।
कार्यक्रमको उद्घाटन गर्दै मन्त्री शाहीले एक महिनासम्म सञ्चालन हुने शिविरले गरिब तथा दुःखीलाई निकै सहयोग पुग्ने बताउँदै समाज सेवा गर्ने भाव सबैमा आएमा समाज परिवर्तन हुने बताए ।
उनले यस्ता किसिमका कामहरूलाई प्रदेश सरकार र आफुले पनि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा लुम्बिनी बस टर्मिनल परिवारका अध्यक्ष हरि क्षेत्रीले गरिब तथा बिपन्न परिवारलाई लक्षीत गरी निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको जानकारी गराउदै यसबाट लाभ लिन लक्षी बर्ग र समुदायलाई आग्रह गरे । उनले अति विपन्न वर्गलाई मोतिबिन्दु लागेको र उपचार खर्च अपुग भए १० जनासम्मलाई निशुल्क मोतिबिन्दु उपचार समेत गरिने बताए ।
लायन र लियो क्लबको सहआयोजना तथा बुटवल आँखा अस्पतालको मुख्य सहयोगमा सञ्चालन भएको १ महिने स्वास्थ्य शिविरमा आँखा चेकजाँच, सुगर रोगको जाँच, ब्लड प्रेसरको जाँच हुने जनाइएको छ ।
कार्यक्रममा विभिन्न लायन र लियो क्लबका पदाधिकारीहरूको सहभागिता रहको थियो ।
शिविर सञ्चालनका लागि लायन्स क्लब अफ बुटवल मुक्तिनाथ,लायन्स क्लब अफ बुटवल क्यापिटल, लायन्स क्लब अफ बुटवल मणिमुकुन्द, लायन्स क्लब अफ बुटवल सिटि,लायन्स क्लब अफ सैनामैना सालझण्डी, लियो क्लब अफ बुटवल मणिमुकुन्द युथ, लियो क्लब अफ बुटवल गोल्डेन जुब्ली र लियो क्लब अफ बुटवल मणिमुकुन्दले सहयोग रहेको छ ।






