बुटवल,५ असोज ।
रुपन्देही जिल्लामा मंगलबार थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा १२८ जनाको कोरोना परीक्षण गर्दा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएकोे स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा तिलोत्तमा नगरपालिकामा १४ जना,बुटवल उपमहानगरपालिकाका ८ जना, ,सैनामैना नगरपालिकाका ५ जना, सिद्धार्थनगर नगरपालिकाका २ जना, देवदह नगरपालिका,कञ्चन गाउपालिका र सियारी गाउपालिकाका १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै रुपन्देही जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३१ हजार ४९२ पुगेको छ ।
जिल्लामा हालसम्म ३० हजार ५७३ जना कोरोना संक्रमित निको भएका छन् ।
पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमित कसैको पनि मृत्यु नभएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
जिल्लामा हालसम्म ५३२ जना कोरोना संक्रमितको मृत्यु भएकोे छ । हाल जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या ४०७ रहेको छ ।
सकृय संक्रमित मध्ये ३९२ जना होम आइसोलेशनमा रहेका छन भने १५ जना संस्थागत आइसोलेशनमा रहेका छन् ।





