बुटवल,५ असोज ।
आणविक अस्त्र निषेध सन्धि तत्काल अनुमोदन गर्न माग गर्दै मानव अधिकार तथा शान्ति समाजले देशव्यापी प्रदर्शन गरेको छ ।
अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा आणविक अस्त्ररहित विश्वका लागि आणविक अस्त्र निषेध सन्धि सिघ्र अनुमोदन गर्न माग गदै शान्ति समाजले मंगलबार देशभर प्रदर्शन गरेको हो ।
शान्ति समाज रुपन्देहीले शाखाले बुटवलको राजमार्ग चौराहामा आणविक अस्त्र निषेध सन्धि तत्काल अनुमोदन गर्नका लागि विभिन्न प्ले कार्डसहित प्रर्दशन गरेको गदैै सो माग गरेको हो ।
कार्यक्रममा बोल्दै मानव अधिकार तथा शान्ति समाजका रुपन्देही अध्यक्ष डिपि खनालले आणविक अस्त्रले धेरै क्षति हुने भएकाले नेपालले आणविक अस्त्र निषेध सन्धि सिघ्र अनुमोदन गर्नुपर्ने कुरामा जोड दिए ।






