बाँके,४ असोज ।
बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बाँके र दाङका गरी दुई जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

मृत्यु हुनेमा बाँकेको खजुरा गाउँपालिका–४ की ७५ वर्षीया महिलाको आइतबार राति ७ः२० बजे मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि उनी भदौ २८ गते अस्पतालमा भर्ना भएकी थिइन् । अस्पतालमा भर्ना भएको भोलिपल्ट उनीमा संक्रमण पुष्टि भएको थियो ।

यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका–७ का ८२ वर्षीय वृद्धको उपचारको क्रममा आइतबार राति ७ः३० बजे मृत्यु भएको उनले जानकारी दिए । उनीमा भदौ १८ गते संक्रमण पुष्टि भएको थियो ।