बुटवल,४ असाेज । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीमाथि कुटपिट भएको छ । बुटवल–६ ज्योतिनगरको पहिरो अवलोकनमा गएका सुवेदीमाथि स्थानीय एक युवाले मुक्का प्रहार गरेका हुन् ।

आज विहान पहिरो अवलोकन गर्न पुगेका सुवेदीहलाई स्थानीय एक युवाले मुक्का प्रहार गरेका थिए । सुवेदीको सुरक्षामा खटिएको नगर प्रहरीको टोलीले आक्रमण गर्ने युवालाई रोकेका थिए ।

भदौ १३ गतेअघिदेखि लगातारको वर्षाले चुरेबाट पहिरो खस्दा बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करिब दुई दर्जन घर क्षतिग्रस्त भएका थिए। स्थानीयले प्रभावित क्षेत्रमा स्थानीय सरकारले बेवास्ता गरेको भन्दै आक्रोश पोख्दै आएका थिए।