बुटवल, असोज ।
शारररिक अपाङ्गता भएका व्यक्तिहरुको लागि रुपन्देहीमा ५ दिने व्यवसायीक बाख्रा पालन तालिम सुरु भएको छ ।
राष्ट्रिय शाररिक अपाङ्ग संघ नेपाल र राष्ट्रिय शाररिक अपाङ्गता संघ रुपन्देहीको आयोजना र सिलोम सेन्टर फर द ब्लाईन्ड कोरिया को आर्थिक सहयोगमा कार्यक्रम भएको हो ।
राष्ट्रिय शारररिक अपाङ्गता संघका अध्यक्ष किरण सिल्पकारको अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाका उप प्रमुख गुमादेवी आचार्यको प्रमुख आतिथ्यातमा तालिम शुरुवात गरिएको छ ।
कार्यक्रममा बोल्दै उप प्रमुख आचार्यले अपाङ्गता हुदैमा कोही पनि कमजोरी वा अभागी नहुने भन्दै उचित सिप र परिश्रममले नमुना उद्यमी बन्न सकिने बताईन । त्यसको लागि स्थानिय सरकार जहिले पनि तयार रहेको भन्दै उनले सहकार्य गरी उद्यमशिलता बनाउने अभियानमा आफु जहिले पनि लागिपर्ने प्रतिवद्वता जनाईन ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष रमा ढकालले अपाङ्गता भएका व्याक्तिहरुले केही पनि गर्न सक्दैनन, उनीहरु समाजका बोझ मात्रै हुन भन्ने परम्परागत सोँचलाई परिर्वतन गर्न आवश्यक रहेको बताईन । उनले सिप सिकेर समाजमा उदाहरणीय पात्र बन्नको लागि समेत आग्रह गरिन ।
तालिममा बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका र शुद्धोधन गाउँपालिका गरी २० जना शाररिक अपाङ्गता भएका व्यक्तिहरुको सहभागीता रहेको छ ।
कार्यक्रममा राष्ट्रिय शाररिक अपाङ्गता संघ रुपन्देहीका अध्यक्ष कल्पना ढकाल, रुपन्देही नेत्रहिन संघका अध्यक्ष कृष्ण बहादुर जिसी लगायतको सहभागीता रहेको थियो ।
५ दिन सम्म सञ्चालन हुने तालिममा सुमन भट्राई, विष्णु प्रसाद रिमाल लगायतले सहजीकरण गर्ने कार्यक्रम सञ्चालक
पार्वती न्यौपानेले जानकारी दिइन् ।
संस्थाले प्रति परिवार २०÷२० हजार रुपैयाँ बाख्रा खरिदको लागि आर्थिक सहयोग समेत गरेको छ भने आवश्यक दाना समेत प्रदान गरेको जनाइएको छ ।






