बुटवल,२९ भदौ । लुम्बिनी प्रदेश सभामा गठित प्रदेश मामिला तथा कानुन समितिले पछिल्लो समय गएको बाढी पहिरोबाट प्रदेशमा भएको क्षति र त्यसबाट पिडितहरूलाई राहत तथा पुनःस्थापनाकाे बिषयमा चासो देखाएको छ ।
पछिल्लो समय गएको बाढी पहिरोबाट प्रदेशमा भएको जनधनको क्षति तथा पिडितहरूकाे उद्वार,राहत र पुनःस्थापनाकाे अवस्थाकाे बारेमा जानकारी लिन समितिले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिवलाई छलफलमा बाेलाएकाे छ ।
मंगलबार बसेकाे समितिकाे बैठकले त्यस बिषयमा छलफल गर्न बुधबार मन्त्रालयका सचिवलाई समितिमा बाेलाउने निर्णय गरेको समितिका सभापति दामा शर्माले जानकारी दिइन् ।
बैठकमा समितिका बार्षिक प्रतिवेदन प्रकाशनकाे बिषयमा समेत छलफल भएको सभापति शर्माले बताइन् ।
समितिका सभापति शर्माको सभापतित्वमा बसेकाे बैठकमा समितिका सदस्य तथा पुर्व मन्त्री भाेज प्रसाद श्रेष्ठ,समिति सदस्य भुवनेश्वर चाैधरी,रमा अर्याल,खड्क बहादुर खत्री लगायतले बाढी पहिरोबाट प्रदेशमा भएको जनधनको क्षति तथा पिडितहरूकाे उद्वार,राहत र पुनःस्थापनाकाे अवस्थाकाे बारेमा जिज्ञासा राखेका थिए ।






