काठमाडौं,२६ भदौ ।
नेपालमा शनिबार थप ९९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ६१३७ पीसीआर परीक्षणमा ७७७ जना र ३७०३ एन्टिजेन परीक्षणमा २१७ जना गरी ९९४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो संख्या गत चैतमा कोरोना महामारीको दोस्रो लहर सुरु भएयताको सबैभन्दा कम हो ।
पछिल्लो २४ घण्टामा थप १ हजार ३६८ जना काेराेना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म ७ लाख ३८ हजार ३४ जना निको भएका छन् । नेपालमा निको हुने दर ९५.१ प्रतिशत पुगेको छ ।
हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २७ हजार ३५५ रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १२ जना कोराेना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म १० हजार ९३६ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप ६८ हजार ६३० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हालसम्म ५१ लाख ६० हजार ५२४ जनाले खोपको दुवै मात्रा लगाएका छन् भने ५७ लाख ६९ हजार ३२८ जनाले खोपको पहिलो मात्रा लगाएका छन् ।





