काठमाडौं,२४ भदौ । नेपालमा बिहीबार थप १२७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ८ हजार ८९८ पीसीआर परीक्षण गर्दा १ हजार ५८ र ३ हजार ४६ एन्टिजेन परीक्षण गर्दा २१३ जना गरी १२७१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहीबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ७४ हजार ५८७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ८४५ जना काेराेना संक्रमित निकाे भएका छन भने कोरोना १४ जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म ७ लाख ३५ हजार ६ जना काेराेना संक्रमित निकाे भएका छन् भने १० हजार ९०३ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ६७८ जना रहेका छन् । जसमध्ये २६ हजार ८८६ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ७९२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ४५८ जना आईसीयू र १३९ जना भेन्टिलेटरमा उपचाररत् रहेका छन् ।

यस्तै १० वर्ष मुनिका ३२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

आज कुन जिल्लामा कति जनामा संक्रमण ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ३२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै मोरङमा ७७, झापामा ७६, सुनसरीमा ७५, ललितपुरमा ६७, कास्कीमा ५२ जनामा कोरोना संक्रमण देखिएको छ भने चितवनमा ४०, भक्तपुरमा ३७, रुपन्देहीमा ३०, कैलालीमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मकवानपुरमा १६, सिरहा र गोरखामा १३/१३ जना, सुर्खेतमा १२, नवलपरासी पुर्वमा ११ र बागलुङ र बाँकेमा १०/१० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।