बुटवल,२४ भदौ ।
रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । गएराती जिल्लाको तिलोत्तमा नगरपालिका शंकरनगरमा भएको दुर्घटनामा गम्भीर घाइते भएका स्थानीय प्रवेश खरेलको उपचारका क्रममा मृत्यु भएको हो ।
तिलोत्तमाको शंकरनगरस्थित सडकमा लु २२ प ५५२६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा खरेलको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको मणिग्राममा स्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।






