काठमाडौं,१७ भदौ ।
नेपालमा बिहीबार थप २ हजार ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ६५८ पीसीआर परीक्षण गर्दा १ हजार ६१९ जना र ३ हजार ९९२ एन्टिजेन परीक्षण गर्दा ३८५ जना गरी २००४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ८४६ जना कोरोना संक्रमित निको भएका छन भने १६ जनाको मृत्यु भएको छ ।