बुटवल,१६ भदौ ।
रुपन्देही जिल्लामा पछिल्लो २४ घण्टामा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा ११० जनाको कोरोना परीक्षण गर्दा ४० जनामा कोरोना संक्रमण पुष्टि भएकोे स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकामा १७ जना, तिलोत्तमा नगरपालिकामा ११ जना, सैनामैना नगरपालिकामा ९ जना, देवदह नगरपालिकामा २ जना र सिद्धार्थनगर नगरपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
रुपन्देहीमा पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमित निको भएका छन् ।
जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा कोरोना संक्रमित कसैको मृत्यु नभएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
जिल्लामा हालसम्म ५२९ जना कोरोना संक्रमितको मृत्यु भएकोे छ । हाल जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या ३७२ रहेको छ ।





