काठमाडौं,१६ भदौ ।
नेपालमा बुधबार थप २ हजार ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर १० हजार ६१२ पीसीआर परीक्षण गर्दा १ हजार ६४८ र ४ हजार ३२३ एन्टिजेन परीक्षण् गर्दा ४०४ जना गरी २ हजार ५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ६४ हजार २९५ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३० जना कोरोना भाइरस संक्रमित निको भएका छन भने २० जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म ७ लाख १९ हजार ३३६ जना कोरोना संक्रमित निको भएका छन् भने १० हजार ७७० जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार १८९ जना रहेका छन् ।
जसमध्ये ३१ हजार ८१२जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ३७७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५६३ जना आईसीयू र १७० जना भेन्टिलेटरमा उपचाररत् छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ७१९ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ४७१, भक्तपुरमा १४६ र ललितपुरमा १०२ जना रहेका छन् ।

यस्तै १० वर्ष मुनिका ३८ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय ९ जना कोरोना संक्रमित थपिएका छन् ।

आज कुन जिल्लामा कति जनामा संक्रमण ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ४७१, कास्कीमा २६२, ललितपुरमा १४६, भक्तपुरमा १०२ र झापामा १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै मोरङमा ७२, सुनसरीमा ५२, रुपन्देहीमा द्धट, नुवाकोटमा ३९, चितवनमा २९, मकवानपुरमा २८, स्याङजा र कैलालीमा २६÷२६ जना, काभ्रेपलाञ्चोकमा २४, गोरखामा २०, बर्दियामा १७, दोलखा र सुर्खेतमा १२÷१२ जना तथा सिरहा र बाँकेमा १०÷१० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।