बुटवल,१५ भदौ ।
रुपन्देही जिल्लामा मंगलबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा जिल्लाका १२० जनाको कोरोना परीक्षण गर्दा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकाका १२ जना, तिलोत्तमा नगरपालिकाका ८ जना, सिद्धार्थनगर नगरपालिका र देवदह नगरपालिकाका ४–४ जना र सैनामैना नगरपालिका २ जनामा संक्रमण पुष्टि भएको छ ।

जिल्लामा पछिल्लो २४ घण्टामा थप ३२ जना संक्रमित निको भएका छन् ।

रुपन्देहीमा हालसम्म २९ हजार ६३२ जना कोरोना संक्रमित निको भएका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा जिल्लामा १ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

हालसम्म जिल्लामा ५२९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लामा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ३५३ रहेको छ ।