बुटवल,१५ भदौ ।

अबिरल बर्षासँगै ठाउँ ठाउँमा पहिरो खसेर आइतबार बिहानैदेखि अवरुद्ध भएको सिद्धार्थ राजमार्गको बुटवबल-पाल्पा सडक खण्ड एकतर्फी रूपमा खुलेको छ ।
सिद्वार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडक खण्डमा पर्ने पाल्पाको डुम्रेमा खसेको पहिरो हटाएपछि मंगलबार अपरान्ह देखि सडक एकतर्फी रुपमा सडक खुलेको हो ।

राजमार्गको ठाउँ ठाउँमा खसेको पहिरो हटाए पनि डुम्रेमा खसेको पहिरो हटाउन समय लागेका कारण यात्रुहरु अलपत्र परेका थिए ।
आइतबार बिहान खसेको पहिरो पन्छाएपछि मंगलबार अपरान्ह ४ बजेपछि मात्र सडक एकतर्फी रुपमा खुलेको हो ।