बुटवल,१५ भदौ ।

रूपन्देहीमा जारी निशेधाज्ञा भदौ मसान्तसम्म लम्ब्याएको छ । गत बैसाख १५ देखि जारी निशेधाज्ञा भदौ ३१ मध्यरात १२ बजेसम्मका लागि लम्ब्याइएको हाे ।

यस बिचमा तीज पर्व पनि परेकाले नाचगान र जमघट गर्न पूर्णरूपमा राेक लगाइएको छ । यसअघिका निशेधाज्ञामा राेक लगाइएका सबै गतिविधिलाइ निरन्तरता दिदै जारी निषेधाज्ञा भदौ ३१ गतेसम्म लम्व्याइएकाे जिल्ला प्रशासन कार्यालय रूपन्देहीद्वारा जारी सुचनामा जनाइएको छ ।