बुटवल,१३ भदौ ।
रुपन्देही जिल्लामा पछिल्लो २४ घण्टामा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा १०२ जनाको कोरोना परीक्षण गर्दा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाका ९–९ जना, सैनामैना नगरपालिका र सिद्धार्थनगर नगरपालिकामा ५–५ जना, ओमसतिया गाउँपालिका र शुद्धोदन गाउँपालिकामा १–१ जनामा संक्रमण पुष्टि भएको छ ।

जिल्लामा पछिल्लो २४ घण्टामा थप ३८ जना संक्रमित निको भएका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा जिल्लामा कोरोना संक्रमित कसैको पनि मृत्यु भएको छैन् ।

हालसम्म जिल्लामा ५२७ जनाको कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ३८२ रहेको छ ।