काठमाण्डौ,१३ भदौ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सात हजार २५९ जनाको पीसीआर र तीन हजार ३८ जनाको एन्टिजेन गरी १० हजार २९७ जनाको नमुना परीक्षण गर्दा एक हजार ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या आठ लाख ४२ हजार १९३ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा दुई हजार २६० जना कोरोनाका संक्रमित निको भएका छन् । नेपालमा हालसम्म सात लाख १२ हजार ७१२ जना कोरोनाका संक्रमित निको भएका छन् ।
नेपालमा लगातार तेस्रो दिन आज आइतवार पनि कोरोना संक्रमण पुष्टि हुने भन्दा निको हुनेको संख्या धेरै रहेको छ ।
पछिल्लो २४ घण्टामा नमुना परीक्षण गरिएकामध्ये १३ दशमलव ४७ प्रतिशतमा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपालमा हालसम्म १० हजार ७१४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
हाल देशभर ३५ हजार ७९६ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।





