काठमाण्डौ,१३ भदौ ।
आज देशका अधिकांश भू–भागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज प्रदेश १, गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ.। अहिले प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
सोमबार देशको अधिकांश भू–भागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी÷धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै मंगलबार पनि देशका अधिकांश भू–भागमा सामान्य देखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।






