बुटवल,१२ भदौ ।
बुटवलका १८ सहित शनिबार रुपन्देहीमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा १३० जनाको कोरोना परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकामा १८ जना, तिलोत्तमा नगरपालिकामा १२ जना, सैनमैना नगरपालिकामा ४ जना, सिद्वार्थनगर नगरपालिका,देववदह नगरपालिका,सियारी गाउँपालिका र सुद्वाेधन गाउपालिकाका १–१ जनामा संक्रमण पुष्टि भएको छ ।
यससँगै जिल्लामा काेराेना संक्रमण पुष्टि हुनेको संख्या ३० हजार ४२७ पुगेको छ ।
जिल्लामा पछिल्लो २४ घण्टामा थप ४१ जना कोरोना संक्रमित निको भएका छन् ।
रूपन्देहीमा हालसम्म २९ हजार ५०६ जना कोरोना संक्रमित निको भएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा एक जना कोरोना संक्रमितको मृत्यु भएकोे स्वास्थ्य कार्यालयले जनाएको छ ।
हालसम्म जिल्लामा ५२७ जनाको कोरोना संक्रमितको मृत्यु भएकोे छ । जिल्लामा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ३९४ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।





