बुटवल,१० भदौ ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि बिरुद्ध जनमुक्ति युवा महासंघले बिरोध प्रदर्शन गरेको छ ।
अत्यावश्यकीय उपभोग्य वस्तु पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धिकाे विरोधमा जनमुक्ति युवा महासंघ जिल्ला कार्य समितिको आयोजनामा बुधबार रूपन्देहीको तिलोत्तमा स्थित आयल निगमको डिपो अगाडि बिरोध प्रदर्शन गरेको हो ।
अत्यावश्यकीय उपभोग्य वस्तु पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले चौतर्फी महँगी बढ्ने भएकाले मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै बिरोध पर्दर्शन गरिएको जनमुक्ती युवा महासंघका जिल्ला अध्यक्ष हेमन्त बुढाथोकीले बताए ।
बिरोध कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला कार्यसमिति रुपन्देहीका अध्यक्ष प्रेम थापाले जनताको ढाड सेक्ने गरि लागू गरिएको मूल्य वृद्धि प्रती आपत्ति जनाए । उनलेे कोरोना महामारीले जनताको चुलो बल्न गाह्राे भएको अवस्थामा मुल्यबृद्वि गर्ने सरकार र नेपाल आयल निगम बिरुद्ध सबै समुदायहरुले खुलेर बिरोध गर्न अनुरोध गरे ।
कार्यक्रम लाई सम्बोधन गर्दै जनमुक्ति युवा महासंघका महासचिव एल बि गोतामेले आयल निगमले खरिद मुल्य भन्दा डबल मूल्य बिक्री गरेर जनताको ढाड सेक्ने काम गरेको भन्दै मुल्य वृद्धि तत्काल फिर्ता लिन माग गरे ।
जनबिराेधि कार्यकाे जनमुक्ति युवा महासंघले सधै बिराेध गर्दै आएको स्मरण गर्दै उनलेे तत्काल मुल्यबृद्वि फिर्ता लिन माग गरे ।
अहिले आफुहरूले खबरदारी मात्रै गरेको भन्दै उनलेे आफुहरूका माग बेवास्ता गरे भोलिका दिनमा विध्वंसमा उत्रिन नपरोस् भनि चेतावनी दिए ।
महासंघका केन्द्रिय सचिव राम अस्लामी मगरले पटकपटक उपभोक्ताको ढाड सेक्ने गरी गरिएको चर्को मुल्यवृद्धिको बिरुद्ध प्रतिरोध गर्न सबै तहका नागरिक समुहलाई अपिल गरे । नेपाल आयल निगम भ्रष्टाचारको अखडा भएको उनको आरोप थियो ।
जनमुक्ति युवा महासंघ रूपन्देहीका अध्यक्ष हेमन्त बुढाथोकीकाे
अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सचिव पहल सिंह राना लगायतले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गर्दै मुल्य बृद्वि फिर्ता लिन माग गरेका थिए ।






