नेपालगन्ज,२५ साउन । बाँकेको नेपालगन्जमा थप एक जना काेराेना संक्रमित युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगन्ज १८ का ३१ वर्षिय युवक रहेका छन् ।
उनको भेरी अस्पतालमा उपचारका क्रममा आइतबार राति मृत्यु भएको हो ।
साउन २१ गते कोरोना संक्रमण पुष्टि भएका उनी २२ गते भेरी अस्पताल भर्ना भएका थिए । उपचारकै क्रममा आईतबार राती ७ बजे उनको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकलपर्शन तेज वलीले जानकारी दिए ।
बाँकेमा आज सम्ममा कोरोना संक्रमणबाट मृत्य हुनेको संख्या ३२३ पुगेको छ ।








