बुटवल,१३ साउन ।
बुटवल उपमहानगरपालिकाका १५ सहित रुपन्देहीमा बुधबार थप ३० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा २०२ जनाको पिसिआर परिक्षण गर्दा ३० जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।

स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार बुधबार रूपन्देहीको
बुटवल उपमहानगरपालिकाका १५ जना,तिलोत्तमा नगरपालिका ८ जना,सिद्वार्थनगर नगरपालिका, देवदह नगरपालिका र सैनामैना नगरपालिकाका २/२ जना तथा लुम्बिनी सांस्कृतिक नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै रुपन्देहीमा काेराेना संक्रमितको कूल संख्या २९ हजार १११ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लाका थप २० जना काेराेना संक्रमित निकाे भएका छन् ।
जिल्लामा हालसम्म २८ हजार २२५ जना काेराेना संक्रमित निको भइसकेका छन् ।

रूपन्देहीमा पछिल्लो २४ घण्टामा १ जना काेराेना संक्रमितकाे मृत्यु भएको छ ।
हालसम्म रूपन्देहीका ५१४ जना काेराेना संक्रमितको मृत्यु भएको छ।

जिल्लामा हाल सक्रिय संक्रमितको संख्या ३७२ रहेको छ ।