रोल्पा,३१ साउन ।
रोल्पामा पहिरोमा पुरिएर आज बिहान एक वृद्धाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा लुङग्री गाउँपालिका–५ धैरेनी बस्ने ७२ वर्षीया अम्मी गुरुङ रहेका छन् ।
पहिरोले घर पुरिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार निरन्तरको वर्षासँगै आज बिहान खसेको पहिरोमा परी स्थानीय ७२ वर्षीया अम्मी गुरुङको मृत्यु भएको हो ।
चार दिनको अवधिमा रोल्पामा पहिरोमा परेर १८ जनाले ज्यान गुमाइसकेका छन् । केही अझै बेपत्ता छन् ।






