गुल्मी,१३ साउन । गुल्मीकाे दाेभानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
शान्तिपूरबाट सदरमुकाम तम्घास तर्फ आउदै गरेको लु १ ज ४५५९ नम्बरको जिप बुधबार बिहान ११ बजेतिर जिल्लाकाे मुसिकाेट नगरपालिका–४ दोभानबाट निस्ती खोलामा खसेर दुर्घटना भएको हो । जिप सडकबाट ५ सय मिटर तल खसेकाे छ।
घटनाबारे बिस्तृत बिवरण आउन बाँकी रहेको र प्रहरी टोली घटनास्थल तर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए ।








