बुटवल,९ साउन ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नं.–३ (साविकको केरुङ्गा–१) क्षेत्रबाट बुटवलमा आएर बसोवास गर्ने वासिन्दाहरुको संस्था देवीपुर सम्पर्क समाजकाे छैठौं साधरणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ ।
शनिबार बुटवलमा सम्पन्न साधारणसभा तथा अधिवेशनले गुनाखर खनालको नेतृत्वमा समाजको नर्या कार्यसमिती गठन गरेको छ ।

कार्यसमितीको बरिष्ट उपाध्यक्षमा सुर्य प्रसाद पाण्डे, महिला उपाध्यक्षमा शान्ता पौडेल खनाल, सचिवमा कृष्ण प्रपाद पाण्डे र कोषध्यक्षमा कमल प्रसाद न्यौपाने निर्वाचित भएका छन् । यसैगरी कार्यसमिती सदस्यहरुमा सरस्वती खनाल, गंगा खनाल, सुनिता खनाल भुषाल, केशव आचार्य र भुवन पाण्डे निर्वाचित भएका छन भने लेखा समितीतर्फ संयोजकमा नरेश खनाल तथा सदस्यहरुमा शोभा खनाल र संगिता पोख्रेल चयन भएका छन् ।

समाजका निवर्तमान अध्यक्ष दुर्गा खनालको अध्यक्षता र छत्रदेव गाउँपालिका वडा नं.–३ का वडा अध्यक्ष तेज प्रसाद खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमकाे सञ्चालन तिलक पाण्डेले गरेका थिए ।
कार्यक्रममा १५० भन्दा बढी पदाधिकारी तथा सदस्यहरूकाे सहभागीता रहेको समाजले जनाएको छ ।
साे अवसरमा संस्थामा आवद्ध भइ विभिन्न कार्यक्रममा सहभागिता जनाएका र कार्यसमितीका पुर्व पदाधिकारीहरुलाई प्रशंसा पत्र द्वारा सम्मान गरिएको थियो ।