काठमाडौं, ९ साउन । नेपालमा शनिबार थप ३ हजार ११४ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ६२५ पीसीआर परीक्षण गर्दा २ हजार ३०९ र ४ हजार २८५ एन्टिजेन परीक्षण गर्दा ८०५ जना गरी ३ हजार ११४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार १९७ जना काेराेना संक्रमित निकाे भएका छन भने १६ जना कोराेना संक्रमितको मृत्यु भएको छ ।