काठमाडौं, ७ साउन । नेपालमा बिहीबार थप २ हजार ७१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ९ हजार १२२ पीसीआर परीक्षण गर्दा १ हजार ८५५ जना र ३ हजार ७०७ एन्टिजेन परीक्षण गर्दा ८५९ जना गरी २ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ७४ हजार ७२६ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार २८८ जना काेराेना संक्रमित निकाे भएका छन् । नेपालमा हालसम्म ६ लाख ३७ हजार ६९० काेराेना संक्रमित निकाे भएका छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा थप २४ जना कोराेना संक्रमितको मृत्यु भएको छ ।

हालसम्म नेपालमा ९ हजार ६६१ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ३७५ जना रहेका छन् । जसमध्ये २४ हजार ६१६ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ७५९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६३५ जना आईसीयू र १७२ जना भेन्टिलेटरमा उपचाररत् रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।