बुटवल,१७ साउन ।
भ्रामक सूचना फैलाएको आरोपमा नेपाली खबरका जनक भुसाल पक्राउ परेका छन् ।

उनलाई धार्मिक तथा जातिय हिंसा फैलने किसिमका सूचना फैलाएको आरोपमा साइबर ब्यूरोले रुपन्देहीबाट पक्राउ गरेको हो ।

उनीविरुद्ध साइबर कसुरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको ब्यूरोका एसपी दिलिप कुमार गिरीले बताए ।