बुटवल,७ साउन ।
बिहीबार रूपन्देहीका थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा जिल्लाका १४७ जनाको पिसिआर परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।
यससँगै रूपन्देहीमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २८ हजार ८८९ पुगेको छ ।
स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार बिहीबार रूपन्देहीको
बुटवल उपमहानगरपालिका,तिलोत्तमा नगरपालिका र देवदह नगरपालिकाका २/२ जना,सैनामैना नगरपालिका,सिद्वार्थनगर नगरपालिका र सुद्वाेधन गाउपालिकाका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा रूपन्देहीका थप ३ जना कोरोना संक्रमित निको भएका छन् । जिल्लामा हालसम्म २८ हजार ४९ जना कोरोना संक्रमित निको भैसकेका छन् ।
रून्देहीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित कसैको पनि मृत्यु नभएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।
जिल्लामा हालसम्म ५०६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
हाल जिल्लामा ३३४ जना सक्रिय संक्रमित रहेका छन् ।