काठमाडौं,२९ असार । नेपालमा मंगलबार थप २ हजार ३९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ७ हजार ५८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ६३९ र ३ हजार ९५४ जनाको एन्टिजेन परीक्षण गर्दा ७५९ जना गरी २ हजार ३९८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ७८ जना संक्रमित निकाे भएका छन् भने १२ जनाको मृत्यु भएको छ ।
आज कुन जिल्लामा कतिजनामा संक्रमण ?
स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार मंगलबार सबैभन्दा धेरै काठमाडौंमा ४१०, झापामा १४८, कास्कीमा १४६, सुनसरीमा १११ र ललितपुरमा ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै भक्तपुरमा ८०, मोरङ र नुवाकोटमा ६०/६० जना, चितवनमा ५३, दोलखामा ४५, कञ्चनपुरमा ३५, मकवानपुरमा ३१, कैलालीमा २९, काभ्रेपलाञ्चोमा २३, रुपन्देही र सल्यानमा २२/२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नवलपरासी पूर्व, बागलुङ र सुर्खेतमा २१/२१ जना, पाल्पामा २०, धादिङ र तनहुँमा १४/१४ जना, बारामा १२ र स्याङजामा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै १० वर्ष मुनिका १० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १४२ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।







