बुटवल,१२ असाेज ।
नेतृत्व राष्ट्रिय त्रैमासिक बर्ष २९ अंक २ (साउन -असाेज) सार्वजनिक तथा परिचर्चा कार्यक्रम साेमबार बुटवलमा सम्पन्न भएको छ ।

सामाजिक अभियान्ता धनिसरा थापाकाे सभापतित्व र नेतृत्व पत्रिकाकाे देश चिन्तन स्तम्भकार तथा राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव टाेप अस्लामीकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वक्ताहरूले पठन संस्कृतिको संरक्षण र विकासमा नेतृत्व पत्रिकाको भुमिका महत्त्वपूर्ण रहेको भन्दै त्यसको निरन्तरताको कामना गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि अस्लामीले नेपालमा पठन संस्कृति हराउँदै गएको अवस्थामा नेतृत्व पत्रिकाले पठन संस्कृतिको विकास र संरक्षणमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै यसले समाजमा राम्रो छाप छाेडेकाे उल्लेख गरे । अस्ट्रेलियाको एउटा शहरले एक महिनामा पढ्ने पुस्तक नेपालमा एक बर्ष लाग्ने गरेको तथ्यांक प्रस्तुत गर्दै उनलेे पत्रिकामा प्रकाशित सामाग्रीले पठन संस्कृतिको विकासमा सहयोग पुग्ने विश्वास ब्यक्त गरे । नेतृत्वले समाजमा लुकेर रहेका प्रतिभाहरूलाई उजागर गर्नेगरेकाे भन्दै अस्लामीले नेतृत्वको हरेक अंक बिशेष रहेको बताए ।
अडिटर एशाेसिएशन अडानका लुम्बिनी प्रदेश अध्यक्ष टुकराज पाण्डे,नेतृत्वका हरेक अंक पठनीय भएको भन्दै आफुले खाेजि खाेजि पढ्ने गरेको बताए ।
साे अवसरमा नेतृत्व त्रैमासिक पत्रिकाको यस अंकका प्रमुख पात्र रेखा प्रसाद चाैधरी,अर्का पात्र तथा समाजसेवी नवाब मुसलमानलगायतले आ आफ्नो भनाइ राखेका थिए ।
पत्रिकाका सञ्चालक तथा सम्पादक गाेविन्द प्रसाद भट्टराईकाे सहजिकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।






